काठमाडौं
शिशिर राणाको निर्देशनमा अहिले नयाँ फिल्म ‘पोई र्पयो काले’ छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको नाम अनौठो भएको कारणले निकै चर्चामा आएको छ ।
यो चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ पहिलेनै फाइनल भईसकेका थिए । अब भने फिल्ममा अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । सौगातले उक्त फिल्मलाई बिहीबार साइन गरेका हुन् ।
यसैबीच यस फिल्ममा सृष्टि श्रेष्ठ र सोहित मानन्धर पनि अनुबन्धित भएका छन् । फिल्मको निर्माण टिमले शुक्रबार यी दुई कलाकारलाई फिल्ममा फाइनल गरिएका हुन् ।
लचित्रमा अभिनेता सौगात मल्ल, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ पहिलेनै फाइनल भईसकेका छन् भने सृष्टि श्रेष्ठ र सोहित मानन्धरको इन्ट्रीले कलाकारको लाईन अप निकै बलियो देखिएको छ ।
दीपक मनाङ्गे, रघु परियार र किरण नेपालीले संयुक्त निर्माण गर्न लागेको यस फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । यस फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमले संगीत दिने भएका छन् ।
चलचित्रमा सौगात मल्लको श्रीमतीको भूमिकामा पूजालाई देख्ने चर्चामा आएको छ । यस फिल्ममा आकाशको भूमिका के रहने भन्ने बिषयमा भने अहिले केहि खुलाइएको छैन । जेठबाट छायांकनमा जान लागेको यो फिल्म आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउनेछ । चलचित्रका लागि पूजाले २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिइसकेका छन् ।