यौन र्दुव्यवहारको आरोप लागेका दुई बरिष्ठ कलाकारहरुलाई निलम्बन गरिएको छ । उनीहरुलाई मण्डला नाटक घरले यौन र्दुव्यवहारको आरोप लागेपछि कारवाही स्वरुप निलम्बन गरेको हो । मण्डला नाटक घरले अभिनेता राजन खतिवडालाई एकवर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरेको अध्यक्ष सिर्जना सुब्बाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । खतिवडालाई एकवर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गर्ने निर्णय पनि गरिएको उल्लेख छ ।
आरोपपछि खतिवडाले अन्जानमा गल्ती हुनसक्ने भन्दै आत्मालोचना गरेका थिए । कार्यस्थलमा सहकर्मीलाई खतिवडा, राजकुमार पुडासैनी र सुनिल पोखरेलले र्दुव्यवहार गरेको भन्ने खबर बाहिरिएपछि यसले तरंग नै ल्याएको छ । राजन पुडासैनीलाई उनी सम्बद्ध वान वल्र्ड थिएटरले एकवर्षभित्र आचरण सुधार्न भन्दै निलम्बन गरेको जनाएको छ । य यस आरोपमा सुनिल पोखरेल भने यसबारेमा कुनै अभिव्यक्ति दिएका छैनन् ।