यतिबेला पुलवा आक्रमणपछि भारत पाकिस्तानबीचको तनाव देखिएकै कुरा हो । भारत पाकिस्तानबीच जति नै तनाव रहे पनि सांस्कृतीक सम्बन्ध भने खासै टाढा हुन सकेको थिएन तर ४६ जना सेनाको हत्या भएपछि पाकिस्तानप्रति बलिउडको पनि आक्रोष निकै छ । सोही कारण बलिउडमा पाकिस्तानी कलाकारको बहिष्कारदेखि लिएर नयाँ फिल्महरु पाकिस्तानमा रिलिज नगर्ने घोषणा समेत भए । जसमा चर्चित भन्दा चर्चित फिल्महरु पाकिस्तानमा रिलिज भएन । तर नायिका कंगना रनावतको फिल्म मनिकर्णिका भने पाकिस्तानमा रिलिज भएको छ ।

उनले पाकिस्तानमा फिल्म रिलिज गरेपछि यसको आलोचना भएको छ । हुन त पुलवा आक्रमणको बिरोध उनले गरेकी थिईन् । उनले शबाना आज्मीलाई पाकिस्तानसंग नजिकको सम्बन्ध बनाएको भन्दै देशद्रोही समेत भनेकी थिईन तर उनैले पाकिस्तानमा फिल्म रिलिज गरेपछि उनीमाथि प्रश्न नउठ्ने कुरै भएन । उनले हालै राखेको फिल्मको सक्सेस पार्टीमा पत्रकारले यो प्रश्न गरेपछि उनले फिल्मको डिजिटल कपी राईट्स पुगिसकेकोले रोक्न नसकेको बताईन् ।

उनले यसमा राम्रो जवाफ दिन नसकेपछि हाँसो ठट्टा गर्दे भनिन् “ती फिल्मको कपी ल्याउन सेना त्यहाँ पठाउनु पर्छ जुन हामीले पठायौ तर उनीहरुले फिल्मको कपी लिएर आएनन्” । उनले अब नयाँ फिल्म चाही पाकिस्तानमा रिलिज नगर्ने बताईन् । उनले भनिन् “मेरो लागि देश र भारतीय सेनाभन्दा ठुलो अरु केही छैन” । बलिउडमा कंगना यसै पनि अरुसंग दुश्मनी मोल्दै बस्ने नायिका हुन यस्तोमा मनिकर्णिका फिल्म पाकिस्तानमा रिलिज गरेपछि के चाहियो अहिले उनलाई नै देशद्रोहीको आरोप लागिरहेको छ ।

तपाईको प्रतिक्रिया