काठमाडौँ : एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्टको पहिलो संस्करण हुने भएको छ l उक्त शो को लागि यहि आउदो भाद्र ९ गते शनिबार शेर्पा मल हेडलाइन स्पोर्ट्स क्याफे दरबारमार्गमा अडिशन हुने भएको छ l हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा महिलाहरुलाई तिजको बिशेष पहिरनमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको यस फेशन शोमा सेलेब्रेटी मोडल/नायिकाहरुको समेत उपस्थित रहने छ l

मोडल तथा कोरियोग्राफर नितिन कर्णले कोरियोग्राफी गर्न लागेको उक्त फेशन शोमा १५ बर्ष देखी ३५ बर्ष सम्मका मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानीएका मोडलहरुलाई फ्री ट्रेनीङ तथा मिडिया एक्स्पोज गरिने जानकारी आयोजकले गराएका छन् l

तपाईको प्रतिक्रिया