काठमान्डौँ , साउन ९
नारीहरुको महान पर्व हरितालिका पर्वको अवसरमा गायिका सुमित्रा कोसर माझीको आवाजमा रहेको तीजको कोशेली “तीजको रहर आयो” को भिडियो सार्वजनिक भएको छ ।
विरवल माझीको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । प्रेम र वियोगको पललाई गीतमा समेटिएको छ । रविन थापा मगरको छायाँकन तथा सम्पादन र विश्व जंग माझीको निर्देशन भिडियोमा रहेको छ । गीतमा विना माझी र पवित्रा माझीको नित्य रहेको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया