काठमाडौं , साउन ६ । गायिका रिता कोइरालाले हिन्दुनारीको महान चाड हरितालिका तीजलाई लक्षित गरेर ‘आउन झिल्के बजाई मादलु’ बोलको गीत बजारमा ल्याइएकी छन । गीतमा सुमन परियार र तृप्ती खड्काको आवाज रहेको छ ।
सहदेव कोइरालाको शब्द तथा लय सिर्जनामा मौलिक पारामा तिजको रमाइलो गीत तयार पारिएको छ । लोकप्रिय गायक सुमन परियारका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् । काजिश श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल , सुमन परियारको अभिनय रहेको छ ।सागर गौत्तमले छायांकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियोः